‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’मा ‘दसैँ आयो’ले जित्यो १ लाख पुरस्कार
काठमाडौँ । ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’मा शिल्पा केसीद्वारा निर्देशित फिल्म ‘दसैँ आयो’ले एक लाख नगद पुरस्कार जितेको छ । अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)द्वारा आयोजित प्रतियोगितामा अर्जुन तिरुवाको ‘द ब्रिज’ र विशाल झाको ‘अन्तिम यात्रा’ क्रमशः द्वितीय र तृतीय भए । दुवैले क्रमश: ५० हजार र २५ हजार नगद जिते । देवनन्दन मण्डलको पेपर बोन्ड्स स्पेसल मेन्सनमा पर्न सफल फिल्म बन्यो ।
पुरस्कार घोषणाअघि प्रतिस्पर्धाको अन्तिम छनोटमा पर्न सफल नौ वटा लघु चलचित्रहरू प्रदर्शन गरिएको थियो । २० वर्षमुनिका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीहरूलाई ८ देखि १५ मिनेटसम्मका फिल्म पठाउन गत कार्तिक पहिलो सातासम्मको समय सीमा तोकिएको थियो ।
कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतियोगिताका लागि २० भन्दा बढी फिल्म प्राप्त भएको र त्यसबाट अन्तिम ९ छनोट गरिएको बताए । फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतियोगिता आयोजना भएको थियो ।
प्रथम, द्वितीय, तृतीय र स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउनेछन् ।
कार्यक्रममा सिडिसी सिनेमाका व्यवस्थापक जीवन शाक्य प्रमुख अतिथिको रूपमा सहभागी थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण