सहमतिको दस्तावेजबिनै परराष्ट्रमन्त्री उडिन् चीन
काठमाडौँ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा सहमति बिनै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन उडेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी बिहीबार चीन प्रस्थान गरेकी हुन् ।
बीआरआईमा सहमति गरेर परराष्ट्रमन्त्री राणामार्फत चीनलाई पठाउने तयारी सत्ताधारी दलको थियो । त्यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेले बुधबार दिनभर छलफल गरेका थिए । तर सहमति नजुटेपछि सहमतिको दस्ताबेजबिनै राणा चीन भ्रमणमामा गएकी हुन् ।
बीआरआईको बारेमा चिनियाँ पक्षले पठाएको प्रस्तावमा छलफलका लागि एमालेबाट प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा र कांग्रेसबाट महामन्त्री गगन थापालाई जिम्मेवारी दिएको छ । बुधबार भएको छलफलमा प्रधानमन्त्री ओली आफै संलग्न थिए ।
परराष्ट्रमन्त्री आरजु र गृहमन्त्री रमेश लेखक पनि छलफलमा सहभागी थिए । टुंगो लगाएर परराष्ट्रमन्त्री राणालाई दिएर पठाउने तयारी भएपनि सहमति भने हुन सकेन । कांग्रेसका प्रवक्ता डा.प्रकाशरण महतले चिनियाँ पक्षबाट आएको प्रस्तावमा कांग्रेसले आफ्नो सुझाव प्रधानमन्त्री ओलीलाई दिएको बताए । उनले त्यसलाई टुंगो लगाएर प्रधानमन्त्री ओलीले चीनलाई पठाउने बताए ।
बीआरआईको बारेमा कांग्रेस र एमालेले साझा धारणा बनाउने गृहकार्यमा लागेको भन्दै चीनले साझा दस्ताबेजमा सहमति जनाए प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा बीआरआई कार्यान्वयनका लागि हस्ताक्षर हुने कांगे्रसले जनाएको छ ।
चीनले दिने आयोजना तथा सहयोगका सबै कार्यक्रम बीआरआइअन्तर्गत हुनेमा कांग्रेस र एमाले सहमत छन् । तर बीआरआईका सम्पूर्ण कार्यक्रम अनुदानमा हुनेमा चीनले सहमति देखाएको छैन । परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री यीबिच चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा शुक्रबार भेटघाट हुने बताइएको छ ।
भेटमा बीआरआईलगायतको एजेण्डामा छलफल हुने बताइएको छ । बीआरआईको विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ । दुई दलको बिचमा सहमति भएपछि सो दस्ताबेज मन्त्री राणालाई पठाउने बताइएको छ । बीआरआईमा कांग्रेसले गरेको प्रस्तावमै सहमति जुटाउने प्रयास भइरहेको स्रोतले बताएको छ ।
बीआरआई ऋणमा नभइ अनुदानमै लिनेमा लगभग दुवै दलबिच सहमति भइसकेको छ । तर कार्यान्वयनको विधि, प्रक्रिया र त्यसमा उल्लेख शब्दावलीहरूको बारेमा सहमति जुटेको छैन । सुरक्षा र रणनीतिक साझेदार जस्ता शब्द र त्यसको दुई अर्थ लाग्ने कुराहरूलाई संशोधन गर्न कांग्रेसले भनेको छ ।
परराष्ट्रमन्त्री राणा र चीनका विदेशमन्त्री यीबिचको भेटपछि औपचारिक रूपमा प्रधानमन्त्री ओलीको चीन भ्रमण घोषणा हुने स्रोतले दाबी गरेका छन् । परराष्ट्रमन्त्री राणा मंसिर १५ गते नेपाल फर्किने छिन् र मंसिर १७ गते प्रधानमन्त्री ओलीसँग पुनः चीन भ्रमणमा जाने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण