तीन साङ्गीतिक ब्यान्डको एकसाथ टुर
काठमाडौँ । तीन साङ्गीतिक ब्यान्ड ‘कुमा सागर एन्ड द ख्वप’, ‘एक्सिस’ र ‘झिल्के एन्ड द कम्पनी’ ले एकसाथ नेपाल टुर गर्ने भएका छन् । ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाउड नेपाल’ नाम दिइएको नेपाल टुर झापाबाट सुरु हुने टुरका प्रमुख आयोजक र व्यवस्थापक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले जानकारी गराएको छ ।
झिल्के एन्ड द कम्पनी प्रमुख गायक स्टिभ देवानका अनुसार नेपाल टुर आगामी डिसेम्बर २१ बाट सुरु भई फेब्रुअरी ७, २०२५ मा समापन हुनेछ । जसअनुसार झापामा डिसेम्बर २१, रुपन्देहीमा डिसेम्बर २४, काठमाडौँमा डिसेम्बर ३१, भक्तपुरमा जनवरी २५, पोखरामा जनवरी ३१, चितवनमा फेब्रुअरी १ र सुनसरीमा ७ फेब्रुअरीमा कार्यक्रम हुनेछ ।
ब्यान्डले डिसेम्बरमा पहिलो चरणमा झापा, रुपन्देही र काठमाडौँमा तथा दोस्रो चरणमा २०२५ मा भक्तपुर, पोखरा, चितवन र सुनसरीमा कार्यक्रम गर्नेछ । ‘हामीले कार्यक्रमको नारा ‘लेट्स गेट लाउड नेपाल’ राखेका छौँ । तर झापामा कार्यक्रम गर्दा ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाइड झापा’ हुनेछ । यसरी नै ठाउँ अनुसार नाम फेरिनेछ, स्टिभले भनेका छन् ।
ब्यान्डले प्रत्येक जिल्लामा हुने कार्यक्रममा पाँच हजार बढी दर्शकको उपस्थिति हुने आशा आयोजकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण