एनपीएल खेल्न मक्मलेन नेपाल आइपुगे
शुक्रबार, १४ मङ्सिर २०८१, १३ : १२

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न सुदूरपश्चिम रोयल्सका अलराउन्डर ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन् । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् ।
उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टी ट्वान्टी आईमा डेब्यु गरेका थिए । उनी स्कटल्याण्डको ओडीआई टोलीको पनि सदस्य छन्। २६ ओडिआईमा उनले ३ शतक र २ अर्धशतकसहित ८ सय ८८ रन बनाएका छन्।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपीएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते