एनपीएल खेल्न मक्मलेन नेपाल आइपुगे
शुक्रबार, १४ मङ्सिर २०८१, १३ : १२
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न सुदूरपश्चिम रोयल्सका अलराउन्डर ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन् । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् ।
उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टी ट्वान्टी आईमा डेब्यु गरेका थिए । उनी स्कटल्याण्डको ओडीआई टोलीको पनि सदस्य छन्। २६ ओडिआईमा उनले ३ शतक र २ अर्धशतकसहित ८ सय ८८ रन बनाएका छन्।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपीएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण