क्रिकेट
एनपीएलका कप्तानहरू भन्छन्– खेलका लागि तयार छौँ
शुक्रबार, १४ मङ्सिर २०८१, १७ : २१
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सहभागी आठ ओटै टोलीका कप्तानहरूले आफूहरू प्रतियोगिताका लागि तयार रहेको बताएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार नेपाल क्रिकेट संघद्वारा आयोजित कार्यक्रममा कप्तानहरूले आफूहरू उपाधि जित्न लालायित रहेको बताए ।
कार्यक्रममा विराटनगरका कप्तान सन्दीप लामिछाने, जनकपुरका कप्तान अनिल कुमार साह, चिनवतका कप्तान कुशल मल्ल, काठमाडौँका कप्तान करण केसी, लुम्बिनीका कप्तान रोहित कुमार पौडेल, पोखराका कप्तान कुशल भुर्तेल, कर्णालीका कप्तान सोमपाल कामी र सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीको उपस्थिति रहेको थियो ।
सोही अवसरमा नेपाल प्रिमियर लिगको मस्कट पनि सार्वजनिक गरिएको थियो । मस्कटका रूपमा हिउँ चितुवाको प्रयोग गरिएको छ ।
प्रतियोगिताको पहिलो दिन शनिवार विराटनगर र जनकपुरबिच खेल हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण