रौतहटमा उपनिर्वाचन : ३ वडामा सवारी साधन र आवागमनमा रोक
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले उपनिर्वाचन हुने जिल्लाका ३ वटा वडाहरूमा सवारी साधनसँगै स्थानीय बाहेकलाई आवत जावतमा रोक लगाएको छ। उपनिर्वाचनको पूर्व सन्ध्यामा आज जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै ती वडामा रोक लगाएको हो।
स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आज साँझ ७ बजेदेखि भोली बेलुकी ५ बजे मतदान नसकेसम्म अत्यावश्यक र अनुमति लिएका बाहेक सबै सवारी साधनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
जिल्ला प्रशासनले निर्वाचन हुने राजापुर नगरपालिका ६, ईशनाथ नगरपालिका ७ र गढीमाई नगरपालिका ८ भित्र बसोबास गर्ने बाहेक अन्य मानिसहरूलाई आवतजावतमा रोक लगाएको छ। साथै सूचनामा उपनिर्वाचन हुने वडा प्रवेशका सबै नाका, सडकहरूमा कडा चेकिङ र खानतलासी हुने भएको हुँदा सहयोग गर्न सबैलाई आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण