एनपीएलमा सट्टेबाजी हुनसक्ने आशंकामा सीआईबीको ‘कडा निगरानी’
काठमाडौँ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्यसबारे निगरानी थालेको हो ।
सट्टेबाजीमा प्रयोग हुने वानएक्स बेटका नेपाली एजेन्ट र अन्य बेटिङमा प्रयोग हुने अनलाइनबारे अनुसन्धान थालिएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘क्रिकेटमा सट्टेबाजी हुनसक्नेबारे कडा निगरानी राखेका छौं ।’
ब्यूरोबाट प्रहरी उपरीक्षक नेतृत्वको टोलीले त्यसबारे निगरानी गरिरहेको छ । मैदानमा पनि गतिविधि हेरिने बोगटीले जानकारी दिए ।
ब्यूरोले पछिल्लो समय वुल्फ–७७७ नामको अनलाइन एपलाई कारवाही गरेको थियो । बेटिङ गर्न खोलिएका अनलाइन र बेटिङमा यसअघि संलग्न भएकाहरुलाई पनि प्रहरीले निगरानीमा राखेको छ ।
त्यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि एनपीएलमा सट्टेबाजी हुनसक्ने आशंकामा त्रिवि क्रिकेट मैदानमा नै अनुसन्धान अधिकृतहरुलाई खटाएको छ । जुनियर अफिसरको कमाण्डमा एउटा टिमलाई मैदानमा परिचालन गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘आवश्यकता अनुसार सिनियर अफिसरलाई पनि परिचालन गर्छौँ ।’
अनुसन्धान कार्यालयबाट १० जनाको टिम क्रिकेट मैदानमा परिचालन गरिएको छ । पुराना सट्टेबाजहरूमाथि पनि निगरानी राखिएको एसएसपी भट्टराईले बताए ।
शनिवार एनपीएलको उद्घाटन भएको थियो । उद्घाटन खेलमा प्रतिस्पर्धी थिए जनकपुर बेल्ट्स र विराटनगर किंग्स । एनपिएलमा कुल ८ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । खेलमा दर्जनभन्दा धेरै विदेशी खेलाडी सहभागी छन् । कर्णाली याक्सबाट खेल्न भारतीय स्टार खेलाडी शिखर धवन काठमाडौँ आएका छन् ।
विजेताले १ करोड ११ लाख रुपैयाँ जित्नेछ । कुल पुरस्कार राशि २ करोड ११ लाख रुपैयाँ रहेको नेपाल क्रिकेट संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण