च्याम्पियन्स ट्रफी विवाद : भारतको सहभागिता र हाइब्रिड मोडलबारे पीसीबी प्रमुखले के भने ?
इस्लामाबाद । च्याम्पियन्स ट्रफीमा सहभागी हुन भारतीय टोली पाकिस्तान नआउने भन्ने प्रश्नमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले क्रिकेटको जित सुनिश्चित गर्ने आफूहरूको प्रयास जारी रहेको बताएका छन्।
दुबईमा सञ्चारमाध्यमसँग कुरा गर्दै नक्वीले भने , ‘हामीले केही विषयमा आफ्नो धारणा राखेका छौँ, भारतीयहरूले पनि आफ्नो धारणा राखेका छन्। बोर्डहरू ‘विन-विन’ को प्रयासमा छन् र हामी पनि क्रिकेटको जित सुनिश्चित गर्न कोसिस गरिरहेका छौँ, तर सबै कुरा सम्मानको साथ हुनुपर्छ। ।’
च्याम्पियन्स ट्रफीलाई हाइब्रिड ढाँचामा आयोजना गर्ने विकल्पको प्रश्नमा नक्वीले भने, ‘क्रिकेटका लागि जे पनि राम्रो हुन्छ हामी गर्नेछौँ। पक्कै पनि यो हाइब्रिड फर्मुला होइन तर यदि कुनै फर्मुला बनाइयो भने त्यो समानताको आधारमा बनाइनेछ।’
बहिष्कारको प्रश्नमा पीसीबी प्रमुखले भने, ‘धेरै चीजहरू हुन सक्छन् तर हामीले क्रिकेटको लागि जित्नुपर्छ र पाकिस्तानको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पाकिस्तानको सम्मान हो, त्यसपछि अरू सबै कुरा छ। त्यसैले हामीले क्रिकेटको राम्रो लागि जित्नु पर्छ र पाकिस्तानको पनि तपाईंले सम्मान राख्नुपर्छ।’
मोहसिन नक्वीले यदि यस मामिलामा कुनै समाधान हुन्छ भने त्यो लामो समयको लागि हुने र केवल च्याम्पियन्स ट्रफीको लागि मात्र नहुने बताए। यो विषय आउने धेरै वर्षका लागि निर्णय हुने उनको भनाई छ।
च्याम्पियन्स ट्रफी अर्को वर्ष पाकिस्तानमा हुँदैछ, जसमा भारतीय टोलीको सहभागितामा अझै शङ्का रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण