भारतीय मूलका काश पटेल अमेरिकी एफबीआईको निर्देशक नियुक्त
वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका काश पटेललाई फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) को निर्देशकमा नियुक्त गरेका छन्। आफ्नो आधिकारिक ट्रुथ सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले भने, ‘कश्यप ‘काश’ पटेल एफबीआईको अर्को निर्देशक हुने घोषणा गर्न पाउँदा मलाई गर्व लागेको छ।’
ट्रम्पले लेखे, ‘काश एक उत्कृष्ट वकिल, अन्वेषक र योद्धा हुन् जो अमेरिका फर्स्टमा विश्वास गर्छन्। उनले आफ्नो करियर भ्रष्टाचारको पर्दाफास गर्न, न्यायको रक्षा गर्न र अमेरिकी जनताको रक्षा गर्न बिताएका छन्। मेरो पहिलो कार्यकालमा काशले उत्कृष्ट काम गरेका थिए ।’
काश पटेलले खुफिया समुदाय र अमेरिकी विशेष अपरेसन फोर्सका लागि संवेदनशील कार्यक्रमहरूको रेखदेख गरेका छन्। उनले विश्वभर खुफिया र आतङ्कवाद विरोधी प्रयासहरूमा अरबौँ डलर दिने कोष बनाउने कानुन निर्माणमा मद्दत गरेका छन् ।
काश पटेलले एक वकिलको रूपमा आफ्नो क्यारियर सुरु गरे, जहाँ उनले हत्या, लागुपदार्थदेखि जटिल आर्थिक अपराधसम्मका मुद्दाहरू अदालतहरूमा बहस गरे। काश पटेल भारतीय आप्रवासीका छोरा हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण