डीएसपी पुरुषोत्तम कार्कीमाथि छानबिन
काठमाडौँ । नेपाल प्रहरीका डीएसपी पुरुषोत्तम कार्कीमाथि छानबिन थालिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत डीएसपी कार्कीमाथि आर्थिक अनियमितता सम्बन्धी आरोपमा छानबिन थालिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
उनलाई प्रहरी प्रधान कार्यालयले सीआईबीबाट हटाएर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरेको छ ।
ब्यूरोको पिल्लर–५मा फरार प्रतिवादी पक्राउ गर्ने जिम्मेवारीमा रहेका कार्कीले एक जनालाई पक्राउ गरेर थुनामा राखेको र रकम लेनदेन गरेर रिहा गरेको आरोप छ । बब्लु शाह नाम गरेका एक जनालाई उनको टिमले पक्राउ गरेर थुनामा राखेको भेटिएको छ । घटनाबारे जानकार एकजना अधिकृत भन्छन्, ‘१ लाख ५० हजार रुपैयाँ डीएसपी कार्कीले लिएको अर्को पक्षको आरोप छ, त्यसबारे छानबिन हुँदै छ ।’
केन्द्रीय अनुसन्धान ब्यूरोले नै त्यसबारे छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण