ग्रामथान उपनिर्वाचन : मतपेटिका संकलन हुँदै, ८ बजे सर्वदलीय बैठक आह्वान
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनको मतपेटिका संकलन धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ । उक्त पालिकामा १८ हजार ५७७ मत खसेको छ । सहायक निर्वाचन अधिकृत रामराजा पौडेलले ७ बजेसम्ममा मतपेटिका संकलन भइसक्ने र ८ बजे सर्वदलीय बैठक आह्वान गरिएको बताए ।
ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् । १२ मतदानस्थलका २९ मतदान केन्द्रमा मतदान भएको थियो । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजे सकिएको थियो । शान्तिपूर्ण रूपमा मतदान सकिएको मोरङ प्रहरीले जनाएको छ ।
निर्वाचनमा १५ जना विभिन्न दलबाट र १ जना स्वतन्त्रसहित १६ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट विजयी भएका जयप्रकाश गच्छदारको गत असारमा मृत्यु भएपछि उपनिर्वाचन चुनाव हुने भएको हो । १६ जनाको उम्मेदवारी परेपनि मुख्य तीन राजनीतिक दलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका बलराम सरदार, एमालेका तुलसीराम विश्वास, माओवादी केन्द्रका नमोनारायण माझीबिच मुख्य चुनावी प्रतिस्पर्धा देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण