आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

विमानस्थलबाट झन्डै ७ किलो कोकिन बरामद, विदेशी नागरिक पक्राउ

आइतबार, १६ मङ्सिर २०८१, १९ : २१
आइतबार, १६ मङ्सिर २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ७ किलो कोकिन बरामद गरिएको छ । आइतबार साँझ सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा वेश र  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको संयुक्त चेकजाँचको क्रममा ६ किलो ८ सय ४०  ग्राम कोकिन बरामद गरिएको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी थिए ।  

सहप्रवक्ता थापाका अनुसार उक्त कोकिन हाते ब्यागमा लुकाएर ल्याउने केन्याली महिला चिलियन केरुबो ओगिटोलाई पक्राउ गरिएको छ ।  कातार एयरवेजबाट आएकी उनलाई  थप अनुसन्धान र कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने तयारी रहेको सहप्रवक्ता थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप