उपनिर्वाचन
तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेमकिपाका खड्कराज शाही निर्वाचित
आइतबार, १६ मङ्सिर २०८१, १९ : ३९
सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही निर्वाचित भएका छन् ।
उनी १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएको कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले रातोपाटीलाई जानकारी दिए ।
यहाँ एकीकृत समाजवादीको साथ पाएको माओवादीका नैशोभा शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८, कांग्रेसबाट पैलन बहादुर शाहीले ४९ मत पाएका छन् ।
यस्तै राप्रपा १५, स्वतन्त्रले ५ र ४ मत बदर रहेका छन् ।
यहाँ ४११ मत खसेको थियो । यहाँ यसअघि माओवादीले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म