उपनिर्वाचन
तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेमकिपाका खड्कराज शाही निर्वाचित
आइतबार, १६ मङ्सिर २०८१, १९ : ३९
सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही निर्वाचित भएका छन् ।
उनी १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएको कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले रातोपाटीलाई जानकारी दिए ।
यहाँ एकीकृत समाजवादीको साथ पाएको माओवादीका नैशोभा शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८, कांग्रेसबाट पैलन बहादुर शाहीले ४९ मत पाएका छन् ।
यस्तै राप्रपा १५, स्वतन्त्रले ५ र ४ मत बदर रहेका छन् ।
यहाँ ४११ मत खसेको थियो । यहाँ यसअघि माओवादीले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण