एमाले र माओवादी केन्द्रका उम्मेदवार १/१ गाउँपालिका अध्यक्षमा विजयी
सोमबार, १७ मङ्सिर २०८१, ०९ : ३७

काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रका १÷१ उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मतका साथ विजयी भएका छन् ।
यसैगरी मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् ।
माझी ६ हजार ९६९ मतका साथ विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी स्वामीकात्तिक गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना कुमारी भण्डारी र जाजरकोटको नलगाड गाउँपालिकाको उपमेयरमा माओवादीकी देवका लामिछाने निर्वाचित भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित