समीक्षाले व्यक्त गरिन् ‘जुनेली’मा प्रेम पीडा

काठमाडौंँ । पछिल्लो समय म्युजिक भिडियोमा पनि फिल्म झैँ कथा प्रस्तुत गर्न थालिएको छ । यस्तै पूर्ण प्रेमकथा प्रस्तुत गरिएको म्युजिक भिडियो ‘जुनेली’ सार्वजनिक भएको छ ।
चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा एक जोडी प्रेमीको प्रेमका उतारचढाव देखाइएको छ ।
गीतकार गोविन्द भट्टका शब्द र बाबुल गिरीको संगीत रहेको गीतले प्रेम पीडा बोलेको छ । भिडियोमा भने प्रेमका खुसीका पल र बिछोडका पल दुबै देखाइएको छ । गीतको एरेन्ज सङ्गीतकार गिरीले नै गरेका हुन् ।
चर्चित कलाकार प्रेम सुब्बा, कविता आले, सुवास गजुरेलको अलवा गीतकार गोविन्द भट्ट र मोडल रिना गुरुङको अभिनय भिडियो देख्न सकिन्छ । मुखियाको छोरीको त्यही घरमा बस्ने हलीसँगको प्रेमकथा भिडियोले देखाएको छ । भिडियोका निर्देशक देवेन्द्र पाण्डे हुन् ।
म्युजिक भिडियो एक किसिमले छोटो फिल्म हो । यो पछिसम्म रहेन भएकोले ‘जुनेली’मा केही फरक दिने कोसिस आफूले गरेको निर्देशक पाण्डेले बताए ।
१७ मिनेटको भिडियोलाई साहिल खानले सम्पादन गरेका हुन् । गीतको अडियो यतिबेला टिकटकमा छरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति
-
बेनी–जोमसोम–कोरला सडक खण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
नागढुंगा नौबिसे सडकखण्ड थप ५ दिन बन्द हुने, विकल्पमा यी रुट प्रयोग गर्न सुझाव
-
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिको प्रदर्शन
-
सभामुख घिमिरे र तीन दलका प्रमुख सचेतकबिच छलफल सुरु