समीक्षाले व्यक्त गरिन् ‘जुनेली’मा प्रेम पीडा
काठमाडौंँ । पछिल्लो समय म्युजिक भिडियोमा पनि फिल्म झैँ कथा प्रस्तुत गर्न थालिएको छ । यस्तै पूर्ण प्रेमकथा प्रस्तुत गरिएको म्युजिक भिडियो ‘जुनेली’ सार्वजनिक भएको छ ।
चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा एक जोडी प्रेमीको प्रेमका उतारचढाव देखाइएको छ ।
गीतकार गोविन्द भट्टका शब्द र बाबुल गिरीको संगीत रहेको गीतले प्रेम पीडा बोलेको छ । भिडियोमा भने प्रेमका खुसीका पल र बिछोडका पल दुबै देखाइएको छ । गीतको एरेन्ज सङ्गीतकार गिरीले नै गरेका हुन् ।
चर्चित कलाकार प्रेम सुब्बा, कविता आले, सुवास गजुरेलको अलवा गीतकार गोविन्द भट्ट र मोडल रिना गुरुङको अभिनय भिडियो देख्न सकिन्छ । मुखियाको छोरीको त्यही घरमा बस्ने हलीसँगको प्रेमकथा भिडियोले देखाएको छ । भिडियोका निर्देशक देवेन्द्र पाण्डे हुन् ।
म्युजिक भिडियो एक किसिमले छोटो फिल्म हो । यो पछिसम्म रहेन भएकोले ‘जुनेली’मा केही फरक दिने कोसिस आफूले गरेको निर्देशक पाण्डेले बताए ।
१७ मिनेटको भिडियोलाई साहिल खानले सम्पादन गरेका हुन् । गीतको अडियो यतिबेला टिकटकमा छरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण