गिनीमा फुटबल म्याचमा फ्यानबिच झडप
कोनाक्री । गिनीको दोस्रो ठुलो सहर एन’जेरेकोरमा आइतबार भएको फुटबल म्याचका क्रममा फ्यानहरूबिच भएको झडपमा दर्जनौं व्यक्तिको मृत्यु भएको छ । ‘अस्पतालमा आँखाले देख्न सक्ने ठाउँमा शवहरू पङ्क्तिबद्ध छन् । शवले भरिएको छ । करिब एक सय जनाको ज्यान गएको छ,’ नाम नछाप्ने शर्तमा एक जना डाक्टरले सञ्चार माध्यमलाई बताएको भन्दै एएफपीले समाचार छापेको छ ।
यस हिंसाका धेरै भिडियोहरू सामाजिक सञ्जालमा पनि भाइरल भइरहेका छन् । तर भिडियो स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । भिडियोमा म्याच भइरहेको ठाउँबाहिर सडकमा अराजक माहौल देखिएको छ । धेरै शव भुईँमा लडिरहेका देखिएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रोशित प्रदर्शनकारीहरूले एन’जेरेकोर प्रहरी थानामा तोडफोड गरेर आगो लगाइदिएका थिए ।
के भन्छन् प्रत्यक्षदर्शी ?
‘म्याच रेफ्रीको विवादित निर्णयबाट हिंसा सुरु भयो । यसपछि फ्यानहरूले पिचमा आक्रमण गरिदिए,’ एक जना प्रत्यक्षदर्शीले भनेका छन् ।
उक्त खेल गिनीका जुन्टा नेता ममादी डौंबौयाको सम्मानमा आयोजना एक प्रतियोगिताको हिस्सा भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । डौंबौयाले २०२१ मा कू गरेर सत्ता कब्जा गरी आफूलाई राष्ट्रपति बनाएका थिए । तर अन्तरराष्ट्रिय दबाबमा उनले सन् २०२४ को अन्त्यमा नागरिक सरकारलाई सत्ता सुम्पिने वाचा गरेका छन् । तर अहिलेसम्मको उनको व्यवहारले यस्तो नहुने स्पष्ट भइसकेको छ ।
डौंबौयाले अर्काे वर्षको राष्ट्रपति चुनाव लड्ने र राजनीतिक गठबन्धन बनाउने लक्ष्य राखेका छन् । पश्चिम अफ्रिकी देशमा यस्ता प्रतियोगितालाई सामान्य मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण