‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजन नआउने
नयाँ दिल्ली । भारतीय कमेडियन कपिल शर्मा शोको ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजन यतिबेला नेटफ्लिक्समा आइरहेको छ । हरेक हप्ता शो मा नयाँ नयाँ पाहुनाको साथमा हसी मजाक र रमाइलो भइरहेका छन् ।
यी शोका स–साना भिडियो सामाजिक सञ्जालहरूमा भाइरल पनि भइरहेका छन् । तर यो शोको तेस्रो सिजन नआउने अफवाह चल्न थालेको छ ।
यस्तो भयो भने कपिललाई झट्का लाग्नेछ । नेटफिल्क्सले आगामी सिजनको करार रिन्यू नगर्ने भनेको छ । शोको यो सिजनले राम्रो दर्शक पाएको थिएन । शोको भ्युअरशिप लगातार घटिरहेको अवस्थामा नेटफ्क्लिसले यस्तो निर्णय गरेको हो ।
नेटफ्लिक्समा यो शोको आधा एपिसोड पनि राम्ररी नहर्नेको संख्या बढेको स्रोतले बताएको भन्दै आजतकले समाचार छापेको छ । शोको प्रडक्शन र मार्केटिङमा भइरहेको खर्च असुल्न पनि गाह्रो भइरहेको पनि भनिएको छ ।
यो शो नेटफ्क्लिसमा मात्रै आइरहेको छ । अन्य कुनै सामाजिक सञ्जाल वा युट्यूब च्यानलमा यो शो आउँदैन । तर सामाजिक सञ्जालमा शो का क्लिप्सहरूले भने करोडौं भ्यू पाइरहेका छन् । यस्तै छोटा क्लिप्सबाटै मानिसहरूले शोको मजा लिइरहेकोले पूरै भाग नहेरेको अनुमान पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण