२० अंकले बढ्यो नेप्से, १० अर्ब ५४ करोडको कारोबार
सोमबार, १७ मङ्सिर २०८१, १५ : १८

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक (नेप्से) २० अंकले बढेको छ । २० अंकले बजार बढ्दा नेप्से परिसूचक २७५८ बिन्दुमा उक्लिएको छ ।
सोमबार कारोबार भएकामध्ये १२६ कम्पनीको मूल्य बढेको छ । ११२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
सोमबार २ करोड ३० लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भयो । यसले समग्रमा १० अर्ब ५४ करोड १७ लाख ४६ हजारको कारोबार भएको छ । सोमबार कारोबार रकम सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रह्यो । यो कम्पनीको ५९ करोड ४७ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार होटल तथा पर्यटन समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । जसले गर्दा यो उपसमूहको सूचक ५ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल