२० अंकले बढ्यो नेप्से, १० अर्ब ५४ करोडको कारोबार
सोमबार, १७ मङ्सिर २०८१, १५ : १८
काठमाडौँ । सोमबार सेयर बजार परिसूचक (नेप्से) २० अंकले बढेको छ । २० अंकले बजार बढ्दा नेप्से परिसूचक २७५८ बिन्दुमा उक्लिएको छ ।
सोमबार कारोबार भएकामध्ये १२६ कम्पनीको मूल्य बढेको छ । ११२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
सोमबार २ करोड ३० लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भयो । यसले समग्रमा १० अर्ब ५४ करोड १७ लाख ४६ हजारको कारोबार भएको छ । सोमबार कारोबार रकम सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रह्यो । यो कम्पनीको ५९ करोड ४७ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार होटल तथा पर्यटन समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । जसले गर्दा यो उपसमूहको सूचक ५ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण