स्थानीय तह उपनिर्वाचन
उदयपुरको बेलका ९ मा जुटेन सहमति, मतगणना अनिश्चित
सोमबार, १७ मङ्सिर २०८१, १५ : ४५
काठमाडौँ । राजनीतिक दलका प्रतिनिधिबिचको विवादका कारण रोकिएको उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मतगणना अझै सुरु हुने सकेको छैन ।
गएराति ५ सय मत गनिसकेपछि सदर–बदर मतबारे दलहरूबिच विवाद भएको थियो । विवादपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले जानकारी दिए । सोमबार बसेको सर्वदलीय बैठकमा पनि सहमति नजुटेपछि निर्वाचन आयोगको निर्देशन कुरिरहेको अधिकृत गुप्ताले जानकारी दिए ।
‘सहमति नजुटेपछि अव आयोगको निर्देशन जे हुन्छ सोही अनुसार अघि बढ्छौ’, गुप्ताले रातोपाटीसँग भने ।
दलका प्रतिनिधिहरूका अनुसार ५ सय मत गन्दा झण्डै सय मत बदर भएपछि विवाद भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण