दोलखाको गौरिशंकरमा मतगणना : माओवादी केन्द्रको अग्रता कायमै
सोमबार, १७ मङ्सिर २०८१, १५ : ५९
चरिकोट । दोलखाको गौरिशंकर गाउँपालिकाको मतगणनाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । सो गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना गर्दा माओवादी केन्द्रकी निमलेकी शेर्पाले १३८४ मत प्राप्त गरी अग्रता लिइरहेकी छन् भने नेकपा एमालका उम्मेदवार उमा लुङ्गेली मगरशेर्पाले १०१२ मत प्राप्त गरेकी छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङ ७९३ मत ल्याएर तेश्रो स्थानमा रहेकी छन् । सो गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका ७ र स्वतन्त्रका ९ गरि १६ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । कुल १५ हजार ७१८ मतदाता रहेको उक्त गाउँपालिकामा आइतबार सम्पन्न मतदानमा ७ हजार ५९० मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण