एनओसीलाई अन्तरिम आदेश कार्यान्वयन गर्न राखेपको पत्र
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल ओलम्पिक कमिटी (एनओसी)लाई मंगलबार गर्ने भनिएको एनओसीको साधारण सभा नगर्न पत्रचार गरेको छ । सोमबार एनओसीलाई पत्रचार गर्दै राखेपले साधारण सभा नगर्न भनेको हो ।
नेपाल रग्बी संघ समेतले उत्प्रेषण/परमादेश समेतको रिट दायर गरेकोमा उच्च अदालत पाटनको आदेश बमोजिम विपक्षी नेपाल ओलम्पिक कमिटीले विधान संशोधनका लागि तय भएको विशेष साधारण सभा गर्दा रिट निवेदकहरूको विचाराधीन मुद्दामा समेत प्रतिकूल असर पर्न सक्ने भई निवेदकहरूलाई अपूरणीय क्षति पुग्न सकिने देखिँदा विधान संशोधन नगर्नु/नगराउनु, भनी विपक्षी नेपाल ओलम्पिक कमिटीको नाममा अन्तरिम आदेश जारी भएको हुँदा उच्च अदालत पाटनबाट भएको अन्तरिम आदेशको जानकारी विपक्षी नेपाल ओलम्पिक कमिटीलाई गराउनु भन्ने आदेश भए बमोजिम राखेपले पत्रचार गरेको हो ।
पत्रसँगै उच्च अदालत पाटनबाट भएको आदेशको प्रतिलिपि समेत संलग्न गरी एनओसीमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण