१७ अंकले बढ्यो सेयर बजार, पाँच हाइड्रोपावरमा सकारात्मक सर्किट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार १७.८० अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.६४ प्रतिशतले बढेर २ हजार ७७५.८५ विन्दुमा पुगेको हो ।
मंगलबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ प्रतिशतले घटेर ४७१.२१ विन्दुमा पुगेको छ । मंगलबार बजारमा ८ अर्ब ५२ करोडको कारोबार भयो । यो दिन कूल २४४ कम्पनीको १ करोड ८१ लाख कित्ता सेयर किनबेच सो बराबरको कारोबार भएको हो ।
मंगलबार बजारमा १४२ कम्पनीको मूल्य बढ्दा ९७ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर भएको छ । मंगलबार कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयरको मूल्य बढेको छ भने छ उपसमूहको शेयरको मूल्य भने घटेको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक बढ्दा होटल तथा पर्यटन समूह सबैभन्दा धेरैले घटेको छ ।
मंगलबार बजारमा पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । दिव्यश्वरी, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो । सुपर साङ्जे हाइड्रोपावर भने सर्वाधिक ९.५१ प्रतिशतले घटेको छ ।
कारोबार रकम, कारोबार भएको शेयर संख्या र कारोबारको संख्याका आधारमा मंगलबार ङादी ग्रुप पावर कम्पनी उत्कृष्ट रह्यो । जानकी फाइनान्सको पनि मंगलबार २५ करोड माथिको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै