१७ अंकले बढ्यो सेयर बजार, पाँच हाइड्रोपावरमा सकारात्मक सर्किट
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार १७.८० अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.६४ प्रतिशतले बढेर २ हजार ७७५.८५ विन्दुमा पुगेको हो ।
मंगलबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ प्रतिशतले घटेर ४७१.२१ विन्दुमा पुगेको छ । मंगलबार बजारमा ८ अर्ब ५२ करोडको कारोबार भयो । यो दिन कूल २४४ कम्पनीको १ करोड ८१ लाख कित्ता सेयर किनबेच सो बराबरको कारोबार भएको हो ।
मंगलबार बजारमा १४२ कम्पनीको मूल्य बढ्दा ९७ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर भएको छ । मंगलबार कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयरको मूल्य बढेको छ भने छ उपसमूहको शेयरको मूल्य भने घटेको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक बढ्दा होटल तथा पर्यटन समूह सबैभन्दा धेरैले घटेको छ ।
मंगलबार बजारमा पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । दिव्यश्वरी, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो । सुपर साङ्जे हाइड्रोपावर भने सर्वाधिक ९.५१ प्रतिशतले घटेको छ ।
कारोबार रकम, कारोबार भएको शेयर संख्या र कारोबारको संख्याका आधारमा मंगलबार ङादी ग्रुप पावर कम्पनी उत्कृष्ट रह्यो । जानकी फाइनान्सको पनि मंगलबार २५ करोड माथिको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण