एनआरएनएको विवादसम्बन्धी मुद्दामा ‘अन्य’ आदेश
मङ्गलबार, १८ मङ्सिर २०८१, १६ : ३८
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिक विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ‘अन्य’ आदेश दिएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेशका लागि मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाउने गरी अन्य आदेश दिएको हो ।
एनआरएनएमा बद्री केसीले अदालतलाई नै गुमराहमा राख्ने काम गरेको तथा उनी आधिकारिक नै हुन नसक्ने जिकिर गर्दै नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्मालगायतले गत कात्तिक ८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
केसीसहित परराष्ट्र मन्त्रालय, गैर आवासीय नेपाली संघको कार्यालय , संरक्षक शेष घलेलगायतलाई विपक्षी बनाएर दायर भएको उक्त रिटमा सर्वोच्चले यसअघि कारण देखाऊ आदेश जारी गरेपनि मुद्दाको टुङ्गो भने हालसम्म लाग्न नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण