बङ्गलादेशमा हिन्दुहरूमाथि गरिएको अमानवीय व्यवहारबारे संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षण
काठमाडौँ । नेपाली कांग्रेसको ‘हिन्दु राष्ट्र अभियान’ले बङ्गलादेशका हिन्दुहरूमाथि इस्लामिक कट्टरपन्थीले अमानवीय व्यवहार गरिरहेकोप्रति आपत्ति जनाएको छ ।
अभियानका संयोजक तथा प्रतिनिधि सभा सदस्य कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले मङ्गलबार जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरुको ध्यानाकर्षण गरिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘बङ्गलादेशका आम निहत्था हिन्दुहरूमाथि व्यापक स्तरमा दमन र आक्रमणका घटना भइरहँदा समेत संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था, बङ्गलादेशका छिमेकीसहितका मित्र राष्ट्रहरू अन्देखा गरेर बस्नु चिन्ताको विषय हो ।’
‘बङ्गलादेशका हिन्दुहरूमाथि कट्टरपन्थी इस्लामिक सङ्गठनहरूबाट डरलाग्दो हिंसा, दमन र आक्रमणको घटना भइरहँदा समेत ॐकार परिवारभित्र पर्ने ९४ प्रतिशत वैदिक सनातन धर्म र संस्कृतिमा विश्वास गर्ने नागरिकको बसोबास रहेको देश नेपालको सरकार समेत बेखबर जस्तै भएर बस्नु थप दुःखको कुरा हो’ भण्डारीले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण