बङ्गलादेशमा हिन्दुहरूमाथि गरिएको अमानवीय व्यवहारबारे संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसको ‘हिन्दु राष्ट्र अभियान’ले बङ्गलादेशका हिन्दुहरूमाथि इस्लामिक कट्टरपन्थीले अमानवीय व्यवहार गरिरहेकोप्रति आपत्ति जनाएको छ ।
अभियानका संयोजक तथा प्रतिनिधि सभा सदस्य कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले मङ्गलबार जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरुको ध्यानाकर्षण गरिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘बङ्गलादेशका आम निहत्था हिन्दुहरूमाथि व्यापक स्तरमा दमन र आक्रमणका घटना भइरहँदा समेत संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था, बङ्गलादेशका छिमेकीसहितका मित्र राष्ट्रहरू अन्देखा गरेर बस्नु चिन्ताको विषय हो ।’
‘बङ्गलादेशका हिन्दुहरूमाथि कट्टरपन्थी इस्लामिक सङ्गठनहरूबाट डरलाग्दो हिंसा, दमन र आक्रमणको घटना भइरहँदा समेत ॐकार परिवारभित्र पर्ने ९४ प्रतिशत वैदिक सनातन धर्म र संस्कृतिमा विश्वास गर्ने नागरिकको बसोबास रहेको देश नेपालको सरकार समेत बेखबर जस्तै भएर बस्नु थप दुःखको कुरा हो’ भण्डारीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता’
-
सुडानमा जारी युद्धका कारण चार लाखभन्दा बढी नागरिक विस्थापित : संयुक्त राष्ट्रसङ्घ
-
दक्षिण कोरियाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका ली जे–म्युङको जित निश्चित
-
विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर
-
भूकम्पको त्रासबिच पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार
-
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु