नगरपालिकाको फर्जी पत्र बनाएर रकम निकालेको आरोपमा प्रधानाध्यापक पक्राउ
काठमाडौँ । रौतहटको चन्द्रपुरस्थित आधुनिक प्राथमिक विद्यालयकी प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । प्रअ किशोरी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दिपक रायले रातोपाटीलाई बताए ।
चन्द्रपुर नगरपालिकाको फर्जी पत्र बनाएर विद्यालयको खातामा रहेको तर, नगरपालिकाले रोक्का राखेको रकम उनले निकालेको आरोप छ ।
विद्यालयको ४ कोठे भवन निर्माण गर्न विशेष अनुदानबाट प्राप्त दोस्रो किस्ता रकम निकाल्न उनले नगरपालिकाको फर्जी पत्र बनाएर आफैँले हस्ताक्षर गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
५३ लाख ९८ हजारमा ब्रम्हबाबा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएपछि नगरपालिकाले पहिलो चरणमा २० लाख भुक्तानी दिन विद्यालयलाई पत्राचार गरेको थियो । तर, प्रअले सो रकम निकालेपछि आफैँले अर्को पत्र बनाएर किर्ते हस्ताक्षर गर्दै २९ लाख ३५ हजार रकम निकालेको भेटिएको छ ।
उनीविरुद्ध लिखत किर्ते सम्बन्धी कसुरमा अनुसन्धान थालिएको डीएसपी रायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण