संसदमा हंगामा भएपछि मार्सल ‘ल’को कठोर कदमबाट पछिहटे दक्षिण कोरियाली राष्ट्रपति

काठमाडौं । दक्षिण कोरियाली संसदमा हंगामा भएपछि राष्ट्रपति यूं सुक येओलले मार्सल ‘ल’ घोषणाको कठोर कदम सच्याउन बाध्य भएका छन् । सांसदहरुले सदनमा त्यसको कडा प्रतिवाद गरेपछि राष्ट्रपति यू मार्सल ‘ल’ लागू गर्ने घोषणा गरेको केही घण्टा मै पछि हट्नु परेको हो ।
सिओलको नेशनल ऐसम्ब्ली अर्थात् राष्ट्रिय सभामा उपस्थित १९० जना सांसदहरुले सर्वसम्मत रुपमा राष्ट्रपतिको यो कदमलाई खारेज गरिदिएका हुन् । राष्ट्रपतिको कदमलाई लिएर संसदबाहिर समेत व्यापक प्रदर्शन भएको छ ।
राष्ट्रपति यू आदेशबाट पछिहटे लगत्तै नेशनल ऐसेम्लीमा खटाइएका सैनिकलाई समेत फिर्ता बोलाइएको छ । यद्यपि, राष्ट्रपति यूको मार्सल ल घोषणाबाट अमेरिकी विदेश विभागका अधिकारीहरु पूरै सतर्क भएर बसेका छन् ।
योे घटनाले वाशिंटन र सियोलको रणनीतिक महत्वको गठबन्धन दुर्घटनामा पर्नबाट जोगिएको बहस हुन थालेको छ भने वाशिंटनलाई नबताई सियोल नेतृत्वले यति कठोर कदम उठाउनु भनेको असाधारण भएको भनी चिन्ता गरिएको छ । विदेशमन्त्री एन्टोनी ब्लिंकन ब्रसेल्समा भएका बेला उठाइएको यो कदमलाई लिएर अमेरिका अचम्मित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्तापछि सहमति
-
भारतले भन्यो– अब कुनै स्थल र हवाई आक्रमण हुँदैन
-
युद्धविराममा सहमति जनाउँदै भारत र पाकिस्तानले ‘दूरदर्शिता’ देखाए : अमेरिका
-
पाकिस्तानका विदेशमन्त्रीले भने, ‘तत्काल लागू हुने गरी युद्धविराममा सहमति भयो’
-
ट्रम्प भन्छन्, ‘भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भए’
-
मंगलादेवी : बिहेको चार महिनामै गणेशमान पक्राउ परेपछि दरबारमा जुलुस लगिन्