संसदमा हंगामा भएपछि मार्सल ‘ल’को कठोर कदमबाट पछिहटे दक्षिण कोरियाली राष्ट्रपति
काठमाडौं । दक्षिण कोरियाली संसदमा हंगामा भएपछि राष्ट्रपति यूं सुक येओलले मार्सल ‘ल’ घोषणाको कठोर कदम सच्याउन बाध्य भएका छन् । सांसदहरुले सदनमा त्यसको कडा प्रतिवाद गरेपछि राष्ट्रपति यू मार्सल ‘ल’ लागू गर्ने घोषणा गरेको केही घण्टा मै पछि हट्नु परेको हो ।
सिओलको नेशनल ऐसम्ब्ली अर्थात् राष्ट्रिय सभामा उपस्थित १९० जना सांसदहरुले सर्वसम्मत रुपमा राष्ट्रपतिको यो कदमलाई खारेज गरिदिएका हुन् । राष्ट्रपतिको कदमलाई लिएर संसदबाहिर समेत व्यापक प्रदर्शन भएको छ ।
राष्ट्रपति यू आदेशबाट पछिहटे लगत्तै नेशनल ऐसेम्लीमा खटाइएका सैनिकलाई समेत फिर्ता बोलाइएको छ । यद्यपि, राष्ट्रपति यूको मार्सल ल घोषणाबाट अमेरिकी विदेश विभागका अधिकारीहरु पूरै सतर्क भएर बसेका छन् ।
योे घटनाले वाशिंटन र सियोलको रणनीतिक महत्वको गठबन्धन दुर्घटनामा पर्नबाट जोगिएको बहस हुन थालेको छ भने वाशिंटनलाई नबताई सियोल नेतृत्वले यति कठोर कदम उठाउनु भनेको असाधारण भएको भनी चिन्ता गरिएको छ । विदेशमन्त्री एन्टोनी ब्लिंकन ब्रसेल्समा भएका बेला उठाइएको यो कदमलाई लिएर अमेरिका अचम्मित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण