१० दिनको अवरोधपछि नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य फेरि सुरु
काठमाडौँ । स्थानीयले अवरोध गरेको १० दिनपछि नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण गर्दा क्षति पुगेको घरजग्गाको मुआब्जा माग गर्दै मंसिर ९ गतेदेखि स्थानीय निर्माण क्षेत्रमा आन्दोलित थिए ।
त्यसयता सुरु मार्ग निर्माण कार्य अवरुद्ध भएको थियो । स्थानीयसँग सहमति भएसँगै अवरोध हटेको नागढुङ्गा सुरुङ मार्ग आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए ।
‘अहिले स्थानीयसँग मुआब्जाका लागि सहमति भएसँगै निर्माण पुनः सुरु भएको छ । यो सुरुङ मार्ग निर्माण गर्दा सात वटा घर पूर्ण रूपमा क्षति पुगेको थियो,’ पन्थीले भने, ‘७५ घरमा आंशिक क्षति पुगेको छ । यी सम्पूर्ण घरको मुआब्जा वितरणका लागि मूल्याङ्कन गरिने सहमति भएको छ । तर स्थानीयले जग्गाको समेत मुआब्जा माग गरेका छन् ।’
करिब १२ रोपनी जग्गासमेत प्रभावित भएकाले त्यसको पनि मुआब्जा गरेको पन्थीले बताए ।
जग्गाको मुआब्जाको विषय मन्त्रालय तहबाट टुङ्गो लगाउनुपर्ने भएकाले उक्त माग सम्बोधन गर्न मन्त्रालयलाई लेखेर पठाउने सहमति भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण