गढीमाई मेलाको सुरक्षामा कुनै कमजोरी नगर्न गृहमन्त्री लेखकको निर्देशन
काठमाडौँ । पञ्चवर्षीय गढीमाई मेलाको सुरक्षा अवस्था बुझ्न एवं पूजापाठ गर्न गृहमन्त्री रमेश लेखक बुधबार वरियारपुरस्थित गढीमाई मन्दिर पुगेका छन् ।
सो अवसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले मेलामा दर्शनार्थीहरुको चाप बढी हुने भएपनि सुरक्षामा कुनै कसर बाँकी नरहने स्पष्ट पारे । गृहमन्त्री लेखकले आवश्यक परेमा थप सुरक्षाकर्मीलाई मेलामा खटाइने पनि जानकारी दिए ।
मन्दिरमा पूजा अर्चना र दर्शन पश्चात बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, बारा र पर्साका नेपाल प्रहरी, सशस्त्र प्रहरीका एसपीहरु, मधेस प्रदेशका प्रहरी प्रमुख डीआइजी, सशस्त्र प्रहरीका डीआइजीहरूलाई मेलामा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाई सूक्ष्म निगरानी राख्न निर्देशन गृहमन्त्री लेखकले दिए ।
मेलामा आउने हरेक श्रद्धालुभक्तजनहरुको सुरक्षामा कुनै कमी नहोस्, सुरक्षा निगरानी राख्न सीसीटीभी क्यामरा, सुरक्षा सर्वेलान्स, हरेक उपकरणको प्रयोग गरेर निगरानी गर्न समेत सुरक्षा निकायलाई उनले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण