स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाइ एकाइ गठन
बिहीबार, २० मङ्सिर २०८१, २१ : २२

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाइ एकाइ गठन गरेको छ ।
उक्त एकाइमा संयोजक बास्तोलासहित सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी, शाखा अधिकृत गौरीप्रसाद आचार्य र सूचना अधिकारी सदस्यको रूपमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालय र मातहत निकायहरूको काममा सेवाग्राही तथा सरोकारवालाको गुनासो सुनुवाइ गर्न, सुझावहरूको कार्यान्वयन र जिज्ञासाको सम्बोधन गर्न उक्त एकाइ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यही मङ्सिर १६ गते गुनासो सुन्ने एकाइ गठन गर्ने निर्णय गरेका थिए । एकाइले सेवाग्राहीबाट प्राप्त गुनासो सङ्कलन गर्ने, गुनासो सम्बोधनका लागि सम्बन्धित महाशाखामा तुरुन्त पेस गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह