भरतपुर अस्पतालमा विपन्नका लागि ‘कपडा बैंक’
चितवन । भरतपुर अस्पतालले विपन्न बिरामी र कुरुवालाई लक्षित गरी ‘कपडा बैंक’ स्थापना गरेको छ । दिनसक्नेले कपडा दान गर्ने र विपन्नले लैजान सक्ने गरी बैंक स्थापना गरिएको हो ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार कपडा पर्याप्त नभएका विपन्न वर्गका बिरामी र कुरुवालाई राहत होस् भनेर बैंक स्थापना गरिएको हो । उनले घरमा रहेका दान गर्न मिल्ने कपडा बैंकमा राख्न सकिने बताए । उनले भने– “कतिपय कपडा नलगाइ पुराना भएका हुन्छन् । कतिपय सानो वा ठूला भएका हुन्छन् । त्यस्ता कपडा यहाँ दान गर्न सकिन्छ ।”
अस्पतालका सर्जन डा. दीपेन्द्र न्यौपानेको नेतृत्वमा रामहरि ढकाल र प्रभा गुरुङ सदस्य रहेको समिति बनाइएको छ । डा.न्यौपानेले नयाँ कपडा किनेर पनि दान गर्न सकिने बताए । उनले भने, “ग्रामीण भेगका विपन्न बिरामी र कुरुवा लुगलुग काँप्दै आउनुहुन्छ, सबैलाई हामीले दिएर मात्रै पुग्दैन, सबैले दान गर्न मिलोस् भनेर बैंक सञ्चालन गरेका हौं ।”
भरतपुर सङ्घीय सरकारी अस्पताल हो । यहाँ चितवनसहित छिमेकी २२ भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्दछन् । गाउँगाउँबाट उपचारका लागि आउने विपन्न बिरामीको सङ्ख्या यहाँ उल्लेख्य हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता
-
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको नजिता सार्वजनिक
-
गण्डकी प्रदेशमा सुदिन पौडेललाई सुरुवाती अग्रता
-
१२ बजे, १२ समाचार : अखिल क्रान्तिकारीको चुनावमा लुम्बिनीबाट विजय प्रकाशलाई भारी मतदेखि उग्र बन्दै एनआरएनए विवादसम्म
-
आबुधावीस्थित नेपाली दूतावासमा विशेष काउन्टर राखेर राहदानी नवीकरण, शनिबार ५४८ जनाले लिए सेवा
-
दुबईबाट काठमाडौँ फर्किँदा गायक अमात्यको ब्यागको ताल्चा काटिएपछि...