दक्षिण कोरियामा राष्ट्रपतिले दिए आफ्नै पार्टीका नेता पक्रने आदेश
सोल । दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले सत्तारुढ दलका नेता हान डोङ–हुनलाई पक्रने आदेश दिएको खुलासा भएको छ । मंगलबार राति मार्शल ल लागू गर्दाखेरि योलले डोङ–हुनलाई पक्राउ गर्ने आदेश दिएको बताइएको छ ।
यो सूचीमा प्रमुख प्रतिपक्ष दलका नेता लि जेय–मेयुङका साथै विपक्षी दलका अन्य तीन नेताको पनि नाम रहेको नेशनल इन्टिेलिजेन्स सर्भिसका डेपुटी निर्देशक हङ जाङ–वनले भनेका छन् । राष्ट्रपतिले उनीहरूलाई पक्रिने र उनीहरूको पत्ता साफ गर्न सो अवसर प्रयोग गरेको पनि जाङ–वनले भनेका छन् ।
यूनविरुद्ध महाभियोगको मतदानको तयारी भइरहँदा शुक्रबार राजनीतिक दलहरूको आकस्मिक बैठकमा यो खुलासा भएको हो । महाभियोगमा मतदान शनिबारको लागि तय भएको प्रमुख विपक्षी दलले भनेको छ ।
प्रस्ताव पारित गर्न आवश्यक संख्या जुटाउन सकिन्छ भन्ने पक्का भएलगत्तै मतदान हुने पनि पार्टीले भनेको छ । ३०० सिटको संसदमा प्रतिपक्ष दलका १९२ सिट छ ।
तर प्रस्ताव पारित गर्न सत्तारुढ दलका ८ सांसदको समर्थन जुटाउन पर्नेछ । डोङ–हुनले राष्ट्रपति युन सुक–योलको संवैधानिक अधिकारलाई निलम्बन गर्न आवश्यक रहेको बताएका थिए । यसलाई महाभियोग प्रस्तावमा सुक–योलको पार्टीका सांसदहरूले पनि मतदान गर्न सक्ने पहिलो स्पष्ट संकेतको रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण