दक्षिण कोरियामा राष्ट्रपतिले दिए आफ्नै पार्टीका नेता पक्रने आदेश
सोल । दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले सत्तारुढ दलका नेता हान डोङ–हुनलाई पक्रने आदेश दिएको खुलासा भएको छ । मंगलबार राति मार्शल ल लागू गर्दाखेरि योलले डोङ–हुनलाई पक्राउ गर्ने आदेश दिएको बताइएको छ ।
यो सूचीमा प्रमुख प्रतिपक्ष दलका नेता लि जेय–मेयुङका साथै विपक्षी दलका अन्य तीन नेताको पनि नाम रहेको नेशनल इन्टिेलिजेन्स सर्भिसका डेपुटी निर्देशक हङ जाङ–वनले भनेका छन् । राष्ट्रपतिले उनीहरूलाई पक्रिने र उनीहरूको पत्ता साफ गर्न सो अवसर प्रयोग गरेको पनि जाङ–वनले भनेका छन् ।
यूनविरुद्ध महाभियोगको मतदानको तयारी भइरहँदा शुक्रबार राजनीतिक दलहरूको आकस्मिक बैठकमा यो खुलासा भएको हो । महाभियोगमा मतदान शनिबारको लागि तय भएको प्रमुख विपक्षी दलले भनेको छ ।
प्रस्ताव पारित गर्न आवश्यक संख्या जुटाउन सकिन्छ भन्ने पक्का भएलगत्तै मतदान हुने पनि पार्टीले भनेको छ । ३०० सिटको संसदमा प्रतिपक्ष दलका १९२ सिट छ ।
तर प्रस्ताव पारित गर्न सत्तारुढ दलका ८ सांसदको समर्थन जुटाउन पर्नेछ । डोङ–हुनले राष्ट्रपति युन सुक–योलको संवैधानिक अधिकारलाई निलम्बन गर्न आवश्यक रहेको बताएका थिए । यसलाई महाभियोग प्रस्तावमा सुक–योलको पार्टीका सांसदहरूले पनि मतदान गर्न सक्ने पहिलो स्पष्ट संकेतको रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइगर कप भोलिदेखि, उद्घाटनमा एपिएफ र ट्राभल इन्क्वारीबिच प्रतिस्पर्धा
-
‘फेरि रेशम फिलिली’मा सिक्वेल गीत ‘पारी त्यो डाँडामा’
-
कर्णालीका नागरिकले केही गर्न सक्दैनन् भन्ने सोच बदल्नुपर्छ : भूपेन्द्रजंग शाही
-
रवि लामिछानेको थुनछेक बहस सकिएन, आइतबार ८ वकिलले बहस गर्ने
-
युवाहरूमा नकारात्मक प्रवृत्ति हाबी भयो : नगरप्रमुख ढकाल
-
के युक्रेनमा सम्भव छ कोरियाजस्तो युद्धविराम ?