प्रेस सेन्टर नेपालले कमल गिरीको नेतृत्वमा महासंघको निर्वाचनमा भाग लिने
शुक्रबार, २१ मङ्सिर २०८१, १४ : १६
काठमाडौँ । विपक्षी गठबन्धनबाट प्रेस सेन्टर नेपालले वरिष्ठ उपाध्यक्ष कमल गिरीको संयुक्त प्यानलबाट पत्रकार महासंघको निर्वाचनमा भाग लिने भएको छ । गिरीको प्यानलबाट वरिष्ठ उपाध्यक्ष रोशन पुरी, महासचिवमा लेखनाथ न्यौपानेले उम्मेदवारी दिन लागेका हुन् ।
महिला उपाध्यक्षमा गंगा बरालले उम्मेदवारी दिन लागेकी छिन् । समावेशी उपाध्यक्षमा समाजवादी प्रेस सङ्गठन नेपालबाट सुवास साहले उम्मेदवारी दिने भएका छन् । गिरीको संयुक्त प्यानलमा समाजवादी प्रेस सङ्गठन नेपाल, क्रान्तिकारी प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन नेपाल, प्रगतिशील पत्रकार सङ्गठन नेपालले संयुक्त प्यानल बनाएका हुन् ।
यता सत्ताधारी पार्टी कांग्रेस र एमाले निकट पत्रकार सङ्गठन प्रेस युनियन र प्रेस चौतारीले भागबन्डा टुङ्ग्याइसको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण