४३ वटा निजी कलेजलाई सम्बन्धन दिएकोप्रति अनेरास्ववियू (क्रान्तिकारी)को आपत्ति
काठमाडौँ । नेकपा (बहुमत)को विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले सीटीईभीटीले ४३ वटा निजी कलेजलाई सम्बन्धन दिएकोप्रति आपत्ति जनाएको छ । मंसिर २० गते बसेको परीक्षा समितिको बैठकले ४३ वटा कलेज तथा शिक्षण संस्थाहरूलाई सम्बन्धन दिने निर्णय गरेको थियो ।
चिकित्सा शिक्षा आयोगले समेत ती कलेजहरूलाई सम्बन्धन दिन सिफारिस गरेको थियो । सोही आधारमा सीटीईभीटीले सम्बन्धन दिने गरेको निर्णयप्रति अनेरास्ववियू (क्रान्तिकारी)ले आपत्ति जनाएको छ ।
आफ्नो संगठनको माग बमोजिम सीटीईभीटी अन्तर्गतका आङ्गिक नर्सिङ क्याम्पस लगायतका स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने प्रस्तावलाई माफियाहरूको दबाबमा रोकेको आरोप छ । सम्बन्धन दिने निर्णयले आफैँले बनाएको नीतिनियम र मूल्यमान्यताको समेत धज्जी उडाएर करोडौँको आर्थिक चलखेल र पहुँचको आधारमा न्यूनतम प्रक्रिया समेत मिचेर सम्बन्धन दिइएको आरोप लगाएको छ ।
सम्बन्धन दिएर आयोग र परिषद्को वार्षिक क्यालेन्डर विपरीत हुनेगरी सिट निर्धारण गरेर यसै वर्षबाट भर्ना प्रक्रिया अगाडि बढाएको छ ।
अनेरास्ववियूले यसलाई आयोग र परिषद् पदाधिकारीहरू कमिसन र भ्रष्टाचारको मुख्य मतियार बनेको आरोप लगाएको छ ।
उक्त निर्णय तत्काल खारेज गर्न र नगरेको खण्डमा आम विद्यार्थी र जनताको तहबाट कारबाही गर्ने समेत चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण