४३ वटा निजी कलेजलाई सम्बन्धन दिएकोप्रति अनेरास्ववियू (क्रान्तिकारी)को आपत्ति

काठमाडौँ । नेकपा (बहुमत)को विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले सीटीईभीटीले ४३ वटा निजी कलेजलाई सम्बन्धन दिएकोप्रति आपत्ति जनाएको छ । मंसिर २० गते बसेको परीक्षा समितिको बैठकले ४३ वटा कलेज तथा शिक्षण संस्थाहरूलाई सम्बन्धन दिने निर्णय गरेको थियो ।
चिकित्सा शिक्षा आयोगले समेत ती कलेजहरूलाई सम्बन्धन दिन सिफारिस गरेको थियो । सोही आधारमा सीटीईभीटीले सम्बन्धन दिने गरेको निर्णयप्रति अनेरास्ववियू (क्रान्तिकारी)ले आपत्ति जनाएको छ ।
आफ्नो संगठनको माग बमोजिम सीटीईभीटी अन्तर्गतका आङ्गिक नर्सिङ क्याम्पस लगायतका स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने प्रस्तावलाई माफियाहरूको दबाबमा रोकेको आरोप छ । सम्बन्धन दिने निर्णयले आफैँले बनाएको नीतिनियम र मूल्यमान्यताको समेत धज्जी उडाएर करोडौँको आर्थिक चलखेल र पहुँचको आधारमा न्यूनतम प्रक्रिया समेत मिचेर सम्बन्धन दिइएको आरोप लगाएको छ ।
सम्बन्धन दिएर आयोग र परिषद्को वार्षिक क्यालेन्डर विपरीत हुनेगरी सिट निर्धारण गरेर यसै वर्षबाट भर्ना प्रक्रिया अगाडि बढाएको छ ।
अनेरास्ववियूले यसलाई आयोग र परिषद् पदाधिकारीहरू कमिसन र भ्रष्टाचारको मुख्य मतियार बनेको आरोप लगाएको छ ।
उक्त निर्णय तत्काल खारेज गर्न र नगरेको खण्डमा आम विद्यार्थी र जनताको तहबाट कारबाही गर्ने समेत चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानमा तानिएका डा.वैकुण्ठ अर्यालसहित २३ जनालाई चलाइएन मुद्दा
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, भारतमा नेपाली नागरिक पक्राउ
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति