भाटभटेनीका ५४ सदस्यको ‘रिट्रिट्स टुर’
काठमाडौँ । भाटभटेनी सुपरमार्केट्सले आफ्ना ५४ जना टिम सदस्यलाई ६ दिन थाइल्यान्ड पठाउने भएको छ । भोलि उनीहरू थाइल्यान्ड जान लागेका हुन् । ‘भाटभटेनी रिट्रिट्स टुर’ नाम दिइएको उक्त यात्रामा ५४ जना रहनेछन् ।
थाइल्यान्डमा रहँदा उनीहरूले त्यहाँको जीवन्त संस्कृतिका बारेमा जानकारी लिनेछन् भने थाइल्यान्डका विभिन्न क्षेत्रमा पुग्ने र त्यहाँको अवलोकन गर्ने अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।
भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार अध्यक्ष गुरुङले थाइल्यान्ड जाने समूहलाई बिदाइ गर्दै शुभकामना व्यक्त गरेका छन् ।
६ दिनको बसाइपछि टोलीका सदस्य नेपाल आएर त्यहाँ देखेका र सिकेका कुराले फाइदा पुग्ने गुरुङले बताएका थिए ।
यो पहिलो टोली भएकाले अरू टोलीलाई पनि विभिन्न चरणमा थाइल्यान्डसहित अन्य मुलुकमा पनि पठाउने तयारी गरिएको सीओओ पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण