आफ्नै प्रदेशको सम्मेलन छाडेर नेता कोइराला चितवन जाने
शुक्रबार, २१ मङ्सिर २०८१, २० : ५४
काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलन भोलि (शनिबार) हुँदैछ । तर कांग्रेस नेता शेखर कोइराला आफ्नै प्रदेशको सम्मेलन छाडेर चितवन जाने भएका छन् ।
कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलन पूर्व पार्टीभित्र लफडा पनि देखिएको छ । प्रथम कोशी प्रदेश सम्मेलनका लागि पार्टी सभापति देउवा लगायत नेता विराटनगर पुगिसकेका छन् । तर नेता कोइराला भने आफ्नै प्रदेशको सम्मेलन छाडेर चितवन जाने भएका हुन् ।
कोइराला समूहले यसअघि प्रदेश स्तरीय पालिका सभापतिहरूको भेला सम्पन्न गरिसकेको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण