फोटोफिचर
यस्तो बन्दैछ सहरी सौन्दर्यसँग जोडिएको भरतपुर महानगरपालिकाको ६ लेन सडक (तस्बिरहरू)
शनिबार, २२ मङ्सिर २०८१, ०८ : ४३
चितवन । भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जङ्गल छेउको गोन्द्राङसम्म ६ किमी सडकलाई ६ लेन बनाउने काम अन्तिम चरणमा पुगेको छ ।
२०७७ भदौमा सुरु भएको सडक विस्तारको काम बजेट पर्याप्त नहुँदा ३० प्रतिशत काम बाँकी रहेकोले हाल सो बाँकी काम सक्नका लागि काम भइरहेको भरतपुर डिभिजन सडक कार्यालय बताएको छ ।
सुरुको सम्झौताअनुसार ०७९ फागुन १० मा काम सकिनुपर्ने थियो । तर आधा जति काम मात्रै पूरा भएका कारण म्याद थपेर गत मङ्सिर २३ सम्म सक्ने लक्ष्य दिइएको थियो । थप म्यादमा पनि काम पूरा नभएपछि फेरि म्याद थपिएको छ ।
मुख्य बजार क्षेत्र भएर जाने सडक विस्तारमा यसरी ढिला हुँदा सर्वसाधारणले सास्ती पाएका छन् भने व्यापार व्यवसाय चौपट भएको व्यवसायी गुनासो गर्छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँको ठाउँ जग्गा दिने सरकारी नीतिसँग झस्किए राष्ट्रपति !
-
किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता
-
गाजामा युद्धविराम गर्ने सम्झौतालाई अन्तिम रुप दिन कतारमा फेरि वार्ता
-
भारतका चार जना स्रष्टालाई नइ पुरस्कार दिने घोषणा
-
विश्वकपअघि ट्रफीसँग फोटोसुट
-
‘जुन गतिमा सरकारले काम गर्न सक्नुपर्थ्यो, त्यो अनुसार गरेको छैन’