गगनलाई देउवाको व्यङ्ग्य, `बढी बाेल्नेले आफूलाई सिध्याउँछ´
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गगन थापालाई लक्षित गर्दै बढी बोल्नेले आफूलाई सिध्याउने बताएका छन् । कांग्रेसकाे काेशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।
यसअघि बोलेका महामन्त्री थापाले आफूले सभापति कम बोल्ने भएको कारण उहाँको पनि समय लिएर लामो समय बोलेको बताएका थिए । त्यसको विषयमा ठट्यौली शैलीमा मन्तव्य दिएका देउवाले भने, `बढी बोल्ने आफूलाई सिध्याउँछ, कम बोल्नेले अरूलाई सिध्याउँछ ।´
देउवाले यसो भन्दा हलमा हाँसो गुन्जिएको थियो । त्यसपछि देउवाले फेरि भने, `माफ गर्नु होला मैले ठट्टा मात्रै गरेको ।´
देउवाले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थायित्वका लागि सहकार्य गरेको बताए । `ओलीजीसित हामीले सरकार बनाएका छौँ । स्थायित्वका लागि ओलीजीसँग सरकार बनाउनु परेको हो । दुई वटा पार्टी मिल्दा स्थायित्व हुन्छ,´ उनले भने, `ओलीले काम पनि राम्रो गर्नुभएको छ । ढाँट्ने कुरा छैन । भर्खरै चीनमा गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरेर आउनु भएको छ । उहाँले ग्रान्ट लिएर आउने कुरा गर्नु भयो यसका लागि ओलीजीलाई धन्यवाद दिन चाहन्छु ।´
देउवाले कुनै देशबाट नेपालले ऋण नलिएको पनि बताए । `हामीले वर्ल्ड बैंक, आईएमएफ, एडिबीबाट मात्रै ऋण लिएका छौँ । कुनै देशबाट ऋण लिएका छैनौँ,´ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण