महिला ह्विलचेयर बास्केटबलमा डब्ल्यूएसए पहिलो
काठमाडौँ । ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिता पहिलो भएको छ । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा मध्य बानेश्वरस्थित ग्लोबल कलेजको कोर्टमा शनिबार भएको खेलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०–१२ को स्कोरे हराउँदै पहिलो भएको हो।
विजेता डब्ल्युएसए च्याम्पियन ट्रफीसहित मेडल तथा प्रमाणपत्र हात पर्न सफल भयो भने दोस्रो तथा उपविजेता जावलाखेलले पनि रनअप ट्रफी र मेडल हात पार्यो। विजेता डब्ल्युएसएकी जोती अर्याल उत्कृष्ट खेलाडी घोषित हुँदा जावलाखेलकी रजनी राई सर्वाधिक स्कोरकर्ता बनिन्। दुवै खेलाडी ट्रफी हात पारे।
प्रतियोगितामा बीआईए, डब्ल्यूएसए, जावलाखेल र एससीआईएनएनसहित चार टोली सहभागिता रहेको थियो। जसमा एससीआईएनएन तेस्रो भयो। यस्तै, प्रतियोगिताको समापन समारोहमा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ प्रमुख अतिथि तथा एचआईका प्रमुख वीरेन्द्र ठगुना विशेष अतिथि, राष्ट्रिय अपाङ्ग महासंघका महासचिव सुगम भट्टराई, एच आइका प्रतिनिधि रमेश बराल, विरुकमल श्रेष्ठ, ग्लोबल कलेजका सूचना अधिकृत धर्मराज ओझा, संघकी अध्यक्ष देवी आर्चायलगायतका अतिथिको उपस्थित रहेको थियो।
विजेता खेलाडीलाई बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनका लागि मोचाबन्दीको कसरतमा मधेसवादी दल
-
चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्
-
कान सफा गर्दा ध्यान दिनुपर्ने कुरा
-
रातो अङ्गुरले पुरुषको यौन क्षमता बढाउँछ : अध्ययन
-
विपिन जोशीको रिहाइबारे आरजु : थप आशावादी भएका छौँ
-
इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि...