फिल्म ‘पीआर’ निर्माण हुने, निर्देशकमा शोभित
काठमाडौँ । सलोन सलिना फिल्मस्को व्यानरमा फिल्म ‘पीआर’ निर्माण हुने भएको छ । आरएफएम फयासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्दै छन् ।
निर्माण युनिटले फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेको हो । थिम पोस्टरमा हातमा सुटकेस बोकेर अस्ट्रेलिया जान लागेका एक व्यक्तिलाई देखाइएको छ ।
फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता रहनेछन् । निर्देशक शोभितका अनुसार फिल्मका लागि हाल अस्ट्रेलियाका विभिन्न स्थानमा अडिसन भइरहेको छ । एम्बिसन कलेज रकडेल, आरटुएम एकाउन्टिन रकडेल र बिकास अधिकारी (प्रिज्मस् एजुकेसन एन भिजा सर्भिस) विशेष सहयोग रहने फिल्मका राजजंग क्षेत्री प्रोडक्सन हेड रहेका छन् ।
फिल्ममा मानस राजको सङ्गीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद छ । निर्देशक बस्नेतले फिल्मको सम्पूर्ण छायाङ्कन अस्ट्रेलियाको विभिन्न सहरमा गरिने बताए । ‘सम्पूर्ण कलाकार र प्राविधिक अस्ट्रेलियाबाटै छानिनेछन् । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हामी सुटिङमा जानेछौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण