मोहन वैद्यले विप्लव र मोहन विक्रमको पार्टीलाई राखे दक्षिणपन्थी कित्तामा
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेकपा (मसाल), नेकपा (माले), नेमकिपा र नेकपा विप्लव समूह दक्षिणपन्थी राजनीतिक पार्टीका रूपमा चित्रण गरेको छ । ती पार्टीले निम्न पुँजीपति वर्गको दक्षिणपन्थी हिस्साको प्रतिनिधित्व रहेको संयोजक वैद्यले कीर्तिपुरमा भएको एकता महाधिवेशनमा पेस गरेको राजनीतिक दस्ताबेजमा चित्रण गरिएको छ ।
वैद्यको प्रतिवेदनमा मसालले मार्क्सवाद–लेनिनवाद, माओविचारधारा र सर्वहारा सांस्कृतिक क्रान्तिका मान्यतालाई स्वीकार गरे पनि माओवादप्रति विमति राख्ने, नयाँ जनवाद र दीर्घकालीन जनयुद्धको मान्यतालाई स्वीकार गरे पनि त्यसको कार्यान्वयन तर्फ कहिल्यै ध्यान नदिने र त्यो संसदवाद तथा मिलेरावादको अभ्यासमा संलग्न रहिआएको उल्लेख गरेका छन् ।
यस्तै मालेले मार्क्सवाद–लेनिनवाद, माओ विचारधारा र नयाँ जनवादलाई माने पनि त्यो एकातिर पुनरुत्थानवादप्रति आकर्षित हुँदै गएको र अर्कोतिर विचारधारात्मक तथा राजनीतिक प्रश्नमा अस्पष्ट रहिआएको चित्रण गरिएको छ ।
उनको बुझाइमा नेमकिपाले मार्क्सवाद–लेनिनवाद, माओ विचारधारा र समाजवादलाई अवलम्बन गरे पनि त्यो सांसदवादबाट बढी प्रदूषित रहिआएको छ । यी सबैले निम्न पुँजीवादी वर्गीय शक्तिको प्रतिनिधित्व गर्दछन् र यिनमा दक्षिणपन्थी अवसरवाद प्रभावी रहेको चित्रण गरिएको छ।
आफैबाट टुक्रिएर गएको नेकपा विप्लव समूहले मार्क्सवाद–लेनिनवाद–माओवाद मानेको बहाना गरे पनि लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण तथा संस्थागत गरी शान्तिपूर्ण रूपमा समाजवादमा जाने र वर्तमान संविधानको रक्षा गर्ने मान्यताप्रति प्रतिबद्ध रहँदै माओवादी, एकीकृत समाजवादी, जसपा सहितको समाजवादी मोर्चामा आबद्ध भई तथा नेकपा (माके) को सन्निकट रही दक्षिणपन्थी दिशा पक्डेको उल्लेख छ ।
साथै, यस प्रकारका राजनीतिक पार्टीहरूमा कैयौँ दिग्भ्रमित तथा इमानदार क्रान्तिकारीहरू पनि रहेका वैद्यको प्रतिवेदनमा रहेको छ । मङ्सिर १३ गतेदेखि जारी बन्दसत्रमा संयोजक वैद्यले ४१ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका थिए । शुक्रबार राजनीतिक दस्ताबेजलाई सर्वसम्मत रूपमा पारित गरिएको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण