७० वर्षीया महिला गर्भवती भएको दाबी, डाक्टरसमेत चकित
डेली मेल
एक महिलाले आफू ६ महिनाको गर्भवती भएको दाबी गरेकी छिन् । उनको दाबी सही ठहरिए उनी सन्तान जन्माउने संसारकै वृद्ध महिला हुने बताइएको छ ।
मारिया डि ला लुजले गर्भमा भएको ६ महिनाकी छोरीको अल्ट्रासाउन्ड रिपोर्ट पनि देखाएकी छिन् ।
‘उनीहरुले मलाई मेरो गर्भमा छोरी भएको जानकारी दिए, छोरीको सानो अनुहार तपाईंले पनि देख्न सक्नुहुन्छ, हेर्नुहोस् त,’ मारियाले मेक्सिकोको माजात्लानमा रहेको घरमा जानकारी दिइन् ।
उनले आइभीएफ उपचार वा त्यस्तै प्रकृतिको उपचार गराए नगराएको भन्ने बारे उनले केही जानकारी दिइनन् । तीन महिना अघि आफू गर्भवती भएको शंका लागेको उनले बताइन् ।
‘मेरो खुट्टा दुख्यो । मलाई निरन्तर बान्ता भइरहेको थियो र रिंगटा पनि लागिरहेको थियो । अहिलेसम्म प्राइभेट क्लिनिकका डाक्टरहरुले १० वटा भन्दा बढि अल्ट्रासाउन्ड गराइसकेका छन् । डाक्टर चकित छन्,’ उनले पत्रकारलाई जानकारी दिइन् ।
यदि मारियाले शिशुलाई जन्म दिए, उनले वृद्धावस्थामा आमा बन्ने संसारको पहिलो महिलाको बाजी मार्नेछिन् । उनी मारिया डेल कार्मेन बौसादा डि लाराभन्दा चार वर्ष जेठी हुनेछिन् ।
सन् २००६ मा बौसादा डि लाराले ६६ वर्ष ३ सय ५८ दिनमा जुम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् जसले उनलाई संसारकै वृद्ध आमाको उपाधि दिलायो ।
डि ला लुजका अनुसार उनका केही सन्तानलाई आमा गर्भवती भएको मन परेको छैन । बच्चा जन्माउनका लागि आमा निकै ‘बुढी’ भएका कारण उनका छोराछोरी रिसाएको डि ला लुजले जानकारी दिइन् ।
जुलाई १८ मा गाइनाकोलोजिस्टले उमेर धेरै भएकाले उनले शल्यक्रियामार्फत बच्चा जन्माउनुपर्ने सल्लाह दिएको उनले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण