दुर्गा प्रसाईंलाई केएमसी अस्पतालमा सारियो
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सिनामंगलस्थित केएमसी अस्पतालमा सारिएको छ । सर्वोच्च अदालतको आदेशले उनलाई हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको सिफारिसमा उनलाई केएमसीमा सारिएको केन्द्रीय साइबर ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
साइबर ब्यूरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान गरिरहेको छ । मंसिर ४ मा पक्राउ परेका प्रसाईंमाथि सीआईबीले आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । स्रोत बिना अवैध सम्पत्ति आर्जन गरेको सूचनाको आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु भएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी पनि अनुसन्धान गर्दै छौँ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको एउटा टेलिकम कम्पनीमा लगानी गरेको दाबी गर्दै कागजात सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
उनलाई थप ३ दिन हिरासतमा राख्न आइतबार काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण