बर्सेनि ३ लाख मेट्रिक टन दाल बाली उत्पादन
आइतबार, २३ मङ्सिर २०८१, १७ : ०५
काठमाडौँ । नेपालमा वार्षिक रूपमा साढे तीन लाख भन्दा बढी मेट्रिक टन दाल बाली उत्पादन हुने गरेको छ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार करिब ३ लाख हेक्टर क्षेत्रफलबाट साढे तीन लाख बढी मेट्रिक टन दाल बाली उत्पादन हुने गरेको हो ।
आर्थिक वर्ष २०७९/०८० मा २ लाख ९६ हजार हेक्टर क्षेत्रफलमा दालबालीको खेती हुँदा ३ लाख ४० हजार मेट्रिक टन उत्पादन भएको छ ।
यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ३ लाख ३४ हजार हेक्टरमा खेती हुँदा ४ लाख मेट्रिक टन दालबाली उत्पादन भएको छ । यस्तै, आर्थिक वर्ष २०७७/२०७८ मा ३ लाख ३५ हजार हेक्टर क्षेत्रफलमा खेती गर्दा ३ लाख ९४ हजार मेट्रिक टन दाल बाली उत्पादन भएको सरकारी तथ्यांक छ ।
नेपालमा मसुरो, चना, रहर, मास, खेसरी, गहत, भाटमास, हिमाली सिमि लगायत बाली दाल बालीको रूपमा खेती गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण