क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा मोहन वैद्य सर्वसम्मत निर्वाचित
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य किरण निर्वाचित भएका छन् । आइतबार कीर्तिपुरमा सम्पन्न एकता महाधिवेशनको हलले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो । एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेपछि उनी फेरि महासचिवमा निर्वाचित भएका हुन् ।
वैद्यलाई सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए । हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । हलले ताली पड्काएर अनुमोदन गरेको एक सदस्यले जानकारी दिए । वैद्य आगामी पाँच वर्षका लागि महासचिव बनेका हुन् । बन्दसत्रले ११७ सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन समेत पारित गरेको छ ।
केन्द्रीय समितिको एक तिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एक तिहाइ स्थायी समिति रहने व्यवस्था गरेको छ । मङ्सिर १३ गतेदेखि २३ गतेसम्म भएको महाधिवेशनमा देशभरबाट ५५० प्रतिनिधि सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण