क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा मोहन वैद्य सर्वसम्मत निर्वाचित

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य किरण निर्वाचित भएका छन् । आइतबार कीर्तिपुरमा सम्पन्न एकता महाधिवेशनको हलले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो । एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेपछि उनी फेरि महासचिवमा निर्वाचित भएका हुन् ।
वैद्यलाई सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए । हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । हलले ताली पड्काएर अनुमोदन गरेको एक सदस्यले जानकारी दिए । वैद्य आगामी पाँच वर्षका लागि महासचिव बनेका हुन् । बन्दसत्रले ११७ सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन समेत पारित गरेको छ ।
केन्द्रीय समितिको एक तिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एक तिहाइ स्थायी समिति रहने व्यवस्था गरेको छ । मङ्सिर १३ गतेदेखि २३ गतेसम्म भएको महाधिवेशनमा देशभरबाट ५५० प्रतिनिधि सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन
-
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति
-
यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोडभन्दा बढी राजस्व सङ्कलन
-
नवउदारवाद मर्दैछ, प्रविधि सामन्तवाद जन्मदैछ
-
शुक्लाफाँटाको सबै वडामा माटोको नमुना परीक्षण