आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
झापा हत्या प्रकरण

लुट्ने योजनाको पोल खुल्ने भएपछि वृद्धाको हत्या

आइतबार, २३ मङ्सिर २०८१, २० : ०४
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । झापाको झापा गाउँपालिका वडा नम्बर–६ स्थित पुष्पाञ्जली टोल बस्ने वर्ष ८३ की फुलमाया मुर्मु शनिवार साँझ मृत भेटिइन् । साग केलाइरहेको अवस्थामा घरमा प्रवेश गरेका दुई जना युवाले उनको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

हत्यामा संलग्न आरोपमा झापा गाउँपालिका–७ घर भएका २८ वर्षीय अजय यादव र २४ वर्षीय अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ । लुट्ने योजनाको पोल खुल्ने डरले उनीहरूले मुर्मुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले रातोपाटीलाई बताए ।

आरोपीहरू मुर्मुको घरमा जान्छन् । लकर फुटाउन खोज्दा लकर नफुटेपछि उनीहरूले दराज फुटाउँछन् । लकरमा १ लाख ४१ हजार नगद थियो । घरमा प्रवेश गरेको लकर फुटाउन लाग्दा मुर्मुले देखेपछि आरोपीहरूले कलको ह्यान्डल र फरुवाले उनीमाथि प्रहार गरेका हुन् ।

कलको ह्यान्डलले टाउकोमा प्रहार गरेर हत्या गरेपछि मुर्मुको शव परालले छोपेर उनीहरूले दुईवटा मोबाइल र गहना लुटेर भागेको डीएसपी चन्दले जानकारी दिए । घटनास्थलबाट लुटेको एउटा मोबाइल प्रहरीले बरामद गरेको छ ।

मुर्मुको चिउँडो र टाउकोमा प्रहार गरेर उनीहरूले हत्या गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप