झापामा वृद्धाको हत्या, दुई जना पक्राउ
झापा । झापाको झापा गाउँपालिका–६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया फुलमाया मुर्मुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ७ बस्ने अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका–७ बस्ने अशोक यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार गत शनिबार अपराह्न करिब साढे ४ बजे मुर्मु मृत अवस्थामा फेला परेको जानकारी प्रहरीले प्राप्त गरेको थियो । उनको टाउको र चिउँडोमा कलको ह्यान्डल र फरुवा प्रहार गरी हत्या गरिएको थियो ।
लगत्तै जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालय र प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट आएको कुकुरसहितको टोली अनुसन्धानमा खटिएको थियो । प्रहरीले खोजीका क्रममा दुई जनालाई झापा गाउँपालिका–७ मदरगाछबाट पक्राउ गर्न सफल भएको थियो ।
उनीहरूको साथबाट प्रहरीले लुटिएको कलर्स मोबाइल एक थान, साइकल एक थान पनि बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा
-
खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण