अपराध गर्ने जोसुकैलाई कानुनको दायराभित्र ल्याइन्छ: गृहमन्त्री
सोमबार, २४ मङ्सिर २०८१, १३ : ०४
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने बताएका छन् ।
सोमबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले विशेषलाई उन्मुक्ति दिने, सानो ठुलो भनेर विभेद गर्ने काम नगर्न निर्देशन दिँदै अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउनुपर्ने बताएका हुन् ।
शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई उनले निर्देशन समेत दिए ।
अहिलेको सरकार केही मानिसहरूलाई मन्त्री बनाउन र सरकार बनाउनका लागि मात्र बनेको नभई विशेष परिस्थितलाई सम्बोधन गर्न ठुला दुई दल एक ठाउँ उभिनुपरेको उनले बताए ।
लेखकले अहिलेको संविधानलाई असफल गर्ने छुट कसैलाई नरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण