‘दुःखी आत्मा’मा कवि मुकारुङका कविता, दयाहाङको अभिनय
काठमाडौँ । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले फिल्म ‘दुःखी आत्मा’ का लागि विभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् । दीपेन्द्र लामा लिखित तथा निर्देशित ‘दुःखी आत्मा’ को पटकथा अनुसार कवि मुकारुङले रचेका ती कविता फिल्मभित्र सिच्युसन अनुसार राखिएको छ ।
माथि माथि शैलुङुगेमा, तिमी तारेभीर, राई माइलाले गाउँ छोड्यो रे.. जस्ता बहुचर्चित गीतका रचनाकार मुकारुङले आफू ‘दुखी आत्मा मा फुलटाइमर कविका रूपमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । ‘चलचित्रका फराकिला दर्शक समूहमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो,’ उनी भन्छन्– ‘म आफ्ना कवितालाई फरक प्लेटफर्ममा हेर्न आतुर छु ।’
फिल्मको प्रमुख पात्रको मनोविज्ञान र यसअघि मुकारुङले लेखेका कविताहरूको स्वभावबिच एकरूपता पाइएकोले उनलाई कविता रच्न लगाइएको निर्देशक लामाले प्रस्ट्याए । उनले भने– ‘कवि मुकारुङका कविताले फिल्मको कलात्मक उचाइ र कथाको आयामलाई बढाउने काम गरेको छ । पात्रको कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत प्रस्तुत गर्न गाह्रो हुन्छ, त्यसैले यसमा कविताको सहारा लिइएको हो ।’
निर्देशक लामा मुकारुङका कविताहरूले आफ्नो फिल्मको पात्र र परिवेशलाई न्याय मिल्ने बताउँछन् । मुकारुङका अधिकांश कविता ‘दुःखी आत्मा’ का प्रमुख अभिनेता दयाहाङ राई माथि फिचरिङ छ ।
क्लक वर्क क्रियसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायत कलाकार मुख्य भूमिकामा छन् ।
आलोक शुक्लाले खिचेको फिल्म भ्यालेन्टाइन्स डेको अवसरमा २ फागुनबाट प्रदर्शन हुँदैछ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । फिल्मको हाल सम्पादन कार्य जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको प्रस्तावना खलबल्याउने देखेपछि कार्यदलबाट बाहिरिए चार दल
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण