आइतबार, १३ माघ २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

सिमरा विमानस्थलमा रविका समर्थकको प्रदर्शन

सोमबार, २४ मङ्सिर २०८१, १६ : ४६
सोमबार, २४ मङ्सिर २०८१

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का  सभापति रवि लामिछानेका समर्थकले सिमरा विमानस्थलमा प्रदर्शन गरेका छन् । 

सोमबार रविलाई पोखरा हुँदै काठमाडौँदेखि पर्सा लगेको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पर्सातर्फ लगेको हो । सो क्रममा सिमरा विमानस्थलमा रविका समर्थकले प्रदर्शन गरेका हुन् ।

rabi

वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलनमा सभापति रविको समेत संलग्नता देखिएपछि पर्सा प्रहरीले उनलाई हिरासतमा लिन अनुमति मागेको थियो । सोही बमोजिम पर्सा जिल्ला अदालतले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप