दुर्गा प्रसाईंको साइबर सम्बन्धी कसुरबारे प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले दुर्गा प्रसाईंमाथि लागेको साइबरसम्बन्धी कसुरबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । प्रसाईं मंसिर ४ मा पक्राउ परेका थिए ।
उनीविरुद्ध लागेको विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको आरोपमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको साइबर ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मंगलबार उनीविरुद्ध मुद्दा दायर गर्ने भएको छ । जिल्ला सरकारी वकिल कार्यालयका एकजना अधिकृत भन्छन्, ‘भोलि अदालतमा मुद्दा दर्ता गर्नेगरी काम गरिरहेका छौँ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै प्रहरीले सुरुमा उनलाई साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरेको हो ।
साइबरसम्बन्धी कसुरको अनुसन्धान सकिएसँगै केन्द्रीय अनुसन्धान ब्यूरोले उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएको घटनामा प्रसाईंको संलग्नता देखिएपछि उनीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिन थालेको छ । व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं निकट हरिचन्द्र फुयल पक्राउ परेका छन् । आपराधिक लाभसम्बन्धी कसुरमा प्रसाईंसँग सोमबारदेखि बयान लिन थालिएको सीआईबीका एआईजी दीपक थापाले रातोपाटीलाई बताए । उनले भने, ‘आपराधिक लाभ लिन नहुने कसुरमा प्रसाईंसँग आजदेखि बयान लिन थालेका छौँ ।’
दोस्रो कसुरमा उनीसँगको बयान सकिएको छैन । प्रहरीले प्रसाईंलाई लिखत किर्ते, सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर र संगठित अपराधमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण